नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कात्तिक ।
युएई र ओमानमा जारी आइसीसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन्।
सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्।
भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।