किन गर्यो काँग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग ?

नेपाली काँग्रेसले प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । आज (आइतबार)दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठक प्रदेश नम्बर –१ को काँग्रेसले स्थगित गर्न माग गरेको हो

बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आजको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको बताए ।



सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन्। एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

 

सम्बन्धित समाचार