गजेन्द्रलाई मन्त्री नबनाइदिनू चाहिँ मैले भनेको हुँ : प्रधानन्यायाधीश जबरा

गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले दबाब नदिएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका छन् । आज (आइतबार) नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतमा बारसँग बसेको छलफलमा जबराले भने, ‘भागबण्डा र गजेन्द्र हमालको सम्बन्धमा मैले सरकारलाई भनेको छैन । बरू गजेन्द्रलाई मन्त्री नबनाइदिनू चाहिँ मैले भनेको हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए ।



हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यस्तै आज भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । यस्तै प्रधानन्यायाधीशले सोमबार नै फूलकोर्ट बोलाएक छन् ।

सम्बन्धित समाचार