नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कात्तिक ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा पछिल्लो समय चौतर्फी आलोचनाको सिकार बन्दैछन् । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताए । आज सर्वोच्च अदालतमा भएको प्रधानन्यायधीश बरासँगको छलफलमा अध्यक्ष श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका हुन् ।
न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र विचौलियालाई रोक्ने प्रशंगमा प्रधानन्यायधीश राणाको राजीनामाको कुरा आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने उनले बताए ।
छलफलमा नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश सच्चिनुपर्ने बताए । उनले प्रधानन्याधीशले सरकारमा भाग खोजेर आफन्तलाई मन्त्री नियुक्त गरेको कुरा अस्वीकार गरेको भन्दै यसका बारेमा सोमबाार बस्ने फुलकोर्टमा छलफल गरिने बताए । महासचिव पौडेलले पहिलाका खराबीलाई सुधार गर्नको लागि प्रधानन्याधीशलाई सोधेको र प्रधान्यायाधीश राणाले सकारात्मक प्रतिक्रिया दिएको बताए ।
फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने
प्रधानन्यायाधीश जबराले सोमबारका लागि बोलाएको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएका छन् । आइतबार प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
आज नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए ।

