नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
बैठकले समसामयिक विषयका साथै बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने स्रोतले बतायो । यसअघि सुदूरपश्चिम र प्रदेश -१ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारले राहत प्याकेज घोषणा गर्ने निर्णय गर्ने बताएका थिए ।
पछिल्लो समय बाढी र पहिरोका काराण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो ।

