अफ्गानिस्तानीहरु धमाधम नेपाल प्रवेश गरेपछि गृह मन्त्रालयले भन्यो-‘परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनु’

गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो।

गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने मानिस भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अुनरोध गरेको छ। पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन गृहमन्त्रालयले आग्रह गरेको हो ।



साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समय अफ्नानिस्तानी नागरिकहरु नेपाल प्रवेश गर्नेक्रम बढेपछि सरकारले यस्तो आग्रह गरेको हो ।

सम्बन्धित समाचार