नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।
नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९२ हजार ६०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० हुनेछ, जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ९०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारै कारोबार मूल्य अनुसार प्रतितोला एक हजार २६५ तोकिएको छ । चाँदी सोमबार पनि प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।