म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने बताएका छन् । आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीच भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी बनाउन नहुने भन्दै निकास दिनुपर्ने माग राखेका थिए । प्रधानन्यायाधीश जबराले सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् । त्यस्तै जबराले भने ‘तपाईंहरुमाथि पनि प्रश्न उठेका छन्, के तपाईंहरु राजीनामा दिनसक्नुहुन्छ ?’



प्रधानन्यायाधीशसँगको छलफलपछि १५ जना न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबराले सत्ता भागबन्डालगायत विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।

सम्बन्धित समाचार