किन मागे ओलीले पाँचै जना न्यायाधीशको राजीनामा ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार)नेकपा एमालेको पालिका अधिवेशन उद्‍घाटनलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने ‘पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउनु​ भएको छ । एकजना श्रीमानले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजना श्रीमानले राजीनामा गरे हुन्न ।’ त्यस्तै ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए ।



उनले भने, ‘यो न्यायाधीश हुँदैन, त्यो न्यायाधीश चाहिन्छ भन्नेदेखि बारले इजलास गठन गर्ने, अभिवक्ताले इजलास तोक्ने कुराको अभ्यास गलत हो ।’ यस्तै ओलीले न्याय प्रणाली सन्तुलित रुपमा चल्नुपर्ने भन्दै अदालतमा जनतालाई मर्का परेका मुद्दाहरुको समाधान नगरी नक्कली मुद्दाहरु खडा गरेर राजनीतिको थलो बनाउने काम भइरहेको बताए ।

 

 

 

सम्बन्धित समाचार