महाधिवेशनको कार्यतालिका हेरफेर गर्न देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली कंँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् । आज सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए ।

पार्टी सभापतिले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनु भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।



यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसीर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसीर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सो मितिमा महाधिवेशन नहुने निश्चित भएको छ ।

सम्बन्धित समाचार