नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कात्तिक ।

नेकपा एमालेले आज पालिका अधिवेशन गरेको छ । आज ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको छ ।
“६ सयभन्दा बढी पालिका अधिवेशन सकिएको रिर्पोट आएको छ । अधिकांश ठाउँमा सर्वसम्मत रूपमा नै भएको जानकारी आएको छ । अहिले नेतृत्व चयन भइरहेको छ,” उनले भने । अध्यक्ष ओलीले आज भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गरेका थिए ।
एमालेले देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । ७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ । यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।

