नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

काठमाडौं न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ । हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाडौंसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
उनकाअनुसार आज तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने छ । स्थानीय वायुको प्रभावका कारण देशका केही ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना खासै नरहेको उनले बताए । पानी परिहाले पनि फाट्टफुट्ट मात्र पर्ने मौसमविद्ले बताएका छन् ।
