फेरि सर्‍यो मेलम्ची एमालेको नगर अधिवेशन, उद्घाटनका लागि ओलीलाई निम्तो

नेकपा एमालेको सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ। यसअघि कात्तिक १३ गते गर्ने तय भएको प्राविधिक कारण देखाउँदै अधिवेशन १५ गते गर्ने भएको हो।

नगर अधिवेशन आयोजक कमिटीको मंगलवार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। नगर अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गर्ने निर्णयसमेत भएको छ।



केन्द्रको निर्णयअनुसार देशभर नगर अधिवेशन हिजो ९ गते गर्ने भनेर तोके पनि मेलम्चीमा भने पूर्वनिर्धारित तय मिति २ पटक सर्ने भएको हो। नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय व्यवस्थापन र केही प्रविधिक कारणले अधिवेशन कात्तिक १५ गते सार्नु परेको हो।

सम्बन्धित समाचार