नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बाँके, कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३ लाख ४९ हजार ७ सय ५ रूपैयाँ र दुई बुक तास फेला पारेको छ ।
उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
