नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव भन्छन्, ‘पार्टी नेतृत्वलाई प्रस्ताव गरेका छौं, त्यसअनुसार नै निर्णय हुन्छ होला । त्यसपछि कार्यतालिका प्रकाशित गर्छौं ।’
यसअघि पनि पटक पटक सरेका कांग्रेस महाधिवेशन पछिल्लो तालिका अनुसार मंसिर १० गतेदेखि १२ गतेसम्म काठमाडौंमा गर्ने तयारी थियो ।

