प्रतिनिधि सभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो।



प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो। नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेको बताइन्छ ।

सम्बन्धित समाचार