यी तीन मन्त्रीले लिनेछन् मुख्यमन्त्री पाण्डेसँगै शपथ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्दैछन् । आज (बिहीबार) नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।

पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको थियो । पाण्डे नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट कृष्ण भडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनालले पनि मन्त्रीको रुपमा शपथ लिँदैछन् ।



बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ ।

सम्बन्धित समाचार