प्रधानन्यायाधीशलाई महाअभियोगको चर्चाकाबीच संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

गत भदौ २३ गते सुरु भएको अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण राम्रोसँग चल्न सकेको थिएन। यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए।



एमाले सांसदहरुको नाराबाजीकै बीच बजेट पनि पारित भएको थियो। प्रतिनिधिसभाको बैठक आज पनि बसेको थियो। सभामुखले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ गतेका लागि बोलाइएका थिए। प्रधानन्यायाधीशलाई महाअभियोगको चर्चा चलिरहेकै बेला सरकारले जारी अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार