एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेको १०औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन्। आजबसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो। स्थायी कमिटीको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भुगोलबाट १ हजार १९३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए।

बाँकी प्रतिनिधि केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू हुनेछन्। ज्ञवालीका अनुसार हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा ३ जना महिला प्रतिनिधि सहभागी हुनेछन्। हरेक निर्वाचन क्षेत्रबाट ३ जना गरेर महिला प्रतिनिधिको संख्या ३३ पुग्ने ज्ञवालीले जानकारी दिए।



महाधिवेशनमा, ४९ प्रतिशत खुला प्रतिनिधि सहभागी हुनेछन् भने ५१ प्रतिशत समावेशी प्रतिनिधि सहभागी हुनेछन्।

सम्बन्धित समाचार