नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।

नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ। १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए।
अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए। उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो।
प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ। अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन्।’ ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए।

