आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ७४६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १४५ पीसीआर परीक्षणमा ४९० जना र दुई हजार ६०१ एन्टिजेन परीक्षणमा ५९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५६९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको छ । जसमा ९ हजार ३७९ जना होम आइसोलेसनमा छन् भने ७७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४२ संक्रमित आईसीयूमा र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८९७ र एन्टिजेन विधिबाट ९४ हजार ४२८ जना पुगेको छ ।

सम्बन्धित समाचार