केन्द्रीय कमिटी बैठकमा ओली र रावलबीच भनाभन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भनाभन भएको छ । १० बुँदे सहमतिको प्रसंगमा ओली र रावलबीच भनाभन भएको हो ।

रावलले १० बुँदेका विषयमा आफ्ना कुरा राखेपछि ओलीले कार्यदलबाट नसकेर राजीनामा दिएको आरोप लगाएका थिए । ओलीले कार्यदल भङ्ग भएको घोषणा गरेका थिए ।’तपाईंले सक्नुभएन राजीनामा दिनुभयो । मलाई के दोष दिनुहुन्छ ? तपाईंले गर्न नसकेर राजीनामा दिएपछि केको कार्यदल रु अब कार्यदल रहेन । अब जहाँ जहाँ समस्या छ । अब कमिटीले समाधान गर्छ,’ उनले भने ।



रावलले ओलीलाई बोल्दाबोल्दै आफूले नसकेर राजीनामा नदिएको भन्दै जवाफ दिए । उनले अझै बोल्न खोजेपछि अरू नेताहरूले अध्यक्षलाई बोल्न दिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार