नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग सहकार्य गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । आज जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको टिप्पणी गरे ।
कांग्रेससँग बिकृतिबाहेक केही नभएको उनको आरोप छ । उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफू निकट व्यक्तिमात्र भर्ती गरेको आरोप लगाए ।
सत्ता गठबन्धन निर्वाचनसम्म कायमै रहने बताइरहँदा यादवको अभिव्यक्तिले संसय पैदा भएको छ ।

