न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने, सेवाग्राही मर्कामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली र प्रवृत्तिविरुद्ध तथा न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आइतबार पनि इजलासमा नबस्ने भएको छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आइतबार कार्यालय आउँदै छन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । उनीहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए । तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए ।



त्यसयता संघर्षरत न्यायाधीशहरू इजलासमा बसेका छैनन् । प्रधानन्यायाधीशले आफू संवैधानिक प्रक्रियाबाट आएकाले सोही प्रक्रियाबाट जाने र ‘सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने’ अडान राख्दै आएका छन् । यता लगातार इजलास बहिष्कार हुँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

सम्बन्धित समाचार