नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर, भिमदत्त नगरपालिका- १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
