काठमाडौंबाट बाहिरिनेलाई कलंकी, कोटेश्वर र बसपार्कमा कोरोना खोप लगाइने

सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोरोना विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।



सरकारले यही वर्षभित्र सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष राखेको छ । खोप पर्याप्त आएकोले लक्षमा पुग्न कुनै समस्या नहुने सरकारको दाबी छ ।

सम्बन्धित समाचार