नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।

प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (मंगलबार)प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई शपथ गराएका हुन् ।
त्यस्तै आज ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । राई नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री, उपनेता हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री , नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् ।
प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

