कर्णालीको नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।



गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार