लक्ष्मी पूजाको शुभ साइत कति बजे ?

तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने वरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।

फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उनले सो कुरा बताएक हुन् । ज्यो. सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साइत साँझ ५:५५ बजेदेखि ६ :५३ बजेभित्र रहेको छ । ज्यो. सुवेदीले शुद्धमन विचार एवं चिन्तन र सकारात्मक सोँच राखेर आफू जहाँ जुन अवस्थामा रहिएको छ र त्यहाँ उपलब्ध हुनेसक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने बताएका छन् ।



पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैले पूजा गर्नसकिने विधि, यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुनसकेन भने मानसिक पूजा गर्न सकिने विधिलगायतका बारेमा पनि उनले बताएका छन् ।

सम्बन्धित समाचार