नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमीसी पारित गराउने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पठाइएको पत्र तुरून्त सार्वजनिक गर्न माग गरेका छन् ।
आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाईएको पत्र तुरुन्त सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा रहेको बताएका थिए । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै उनले यस्तो बताएका थिए । देउवाले प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेको बताएका थिए ।
रावलले ट्विटरमा लेखेका छन्-बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो? ”
रावलको ट्विट :

