देउवाले एमसीसी पारित गर्न आफू र प्रचण्डले पत्र पठाएको बताएपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई पत्र पठाउको विषयमा झुट बोलेको खुलेको छ । केही दिन अगाडि मस्कोबाट फर्किएका प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्र पठाएको बताएका थिए । तर, उक्त विषय झुटो साबित भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको बताउँदै प्रधानमन्त्री देउवाको कुरामा सत्यता नरहेको बताए । खुमलटारस्थित निवासमा देउसीभैलेसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताएका छन् ।



‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरी तरंग पैदा भएको छ’ उनले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै राष्ट्रिय सहमति कायम गरेर मात्रै एमसीसी पारित हुने बताए । उनले विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको बताए । अध्यक्ष प्रचण्डले माओवादीको सरकार हुँदा देउवा नेतृत्वको सरकारको पालामा एमसीसी सम्झौता भएपनि उक्त सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा नभएको बताए । उनले उक्त पछि थपिएको बताउँदै संसदबाट अनुमोदन गर्ने कुराले विवाद निम्त्याएको बताए ।

सम्बन्धित समाचार