एमसीसी संसद्‍बाट पारित गर्न सकिन्‍न : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय हितविपरीत हुने प्रावधानहरु नसच्याएसम्म अमेरिकी अनुदानको परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्न नसकिने बताएका छन्।

उनले आफ्नो पार्टीको आधिकारिक धारणासमेत भएको भन्दै सामाजिक सञ्‍जालमार्फत् यथास्थितिमा एमसीसी स्वीकार गर्न नसकिने र संसद्‍बाट पारित गर्न नसकिने बताएका हुन्।



‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हितविपरीतका प्रवधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्‍बाट पारित गर्न सकिन्न। यो नै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो। त्यसैले कुनै भ्रममा नपरौं,’ उनले ट्वीटरमा लेखेका छन्।

सम्बन्धित समाचार