सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रा१ख २५५२ नम्बरको बसमा २६ जना यात्रु सवार थिए ।

आज (आइतबार) बस बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । घाइतेहरुको उद्धार गरि उपचारका लागि सल्यान अस्पताल लगिएको छ । ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार