सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (अपडेट)

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । रा१ख २५५२ नम्बरको बसमा ३० जना यात्रु सवार थिए ।

आज (आइतबार) बस बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटनामा परेको हो । घाइतेहरुको उद्धार गरि उपचारका लागि सल्यान अस्पताल लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



८ जनाको घटनास्थलमै र अरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । बसमा सवारहरू अधिकांश भाइटीका सकेर फर्किएकाहरू रहेको बताइएको छ । मृत्यु भएकाहरुको सनाखत भएको छैन ।

सम्बन्धित समाचार