कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भन्ने ओलीलाई भट्टराईले दिए यस्तो जवाफ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले छोरी मानुषीलाई बेलायत पढ्न नपठाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर भट्टराईलाई प्रश्न गरेका थिए ।

जवाफमा भट्टराईले मानुषी सात वर्षको उमेरमा आमा हिसिला यमीसँगै बेलायत गएको भएपनि अध्ययनका लागि भने नगएको बताएका हुन् । साथै उनले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्नसमेत भनेका छन् ।



उनले ट्वीटरमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएको र सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न ।’

सम्बन्धित समाचार