नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।

हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर आंशिक बदली रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। त्यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
