नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।
तिहार सकिएपछि सुनको भाउ बढेको छ । नेपालमा आज(सोमबार) सुनको मूल्य प्रतितोला रु १५०० ले बढेको हो। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएकामा लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक १८ गते बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहेकामा कार्तिक १८ गते बिहीबार प्रतितोला रु ९० हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै रु एक हजार २५० मा कारोबार भएको छ । तिहार अघि चाँदी प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।