जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम मेन्छयायेम गाउँपालिका- ६ बस्ने ५४ वर्षीय खजेन्द्र बहादुर दमाई रहेका छन् ।

दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार