देउवा र प्रचण्डमाथि ओलीको यस्तो आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मध्ये एक जनाले झुटो बोलेको बताएका छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा देउवा र प्रचण्ड मध्ये एक जनाले झुटो बोलेको बताएका हुन् ।

ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ, दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’ बेलायत भ्रमण गरी स्वदेश फर्केपछि प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुलाई एमसीसी छिट्टै अनुमोदन हुने भन्दै यस विषयमा प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको बताएका थिए ।



त्यस्तै ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीश राजीनामा दिनुपर्ने बताएका छन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर गएका हुन् ।

 

सम्बन्धित समाचार