नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आज हुने पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनको लागि जारी अन्तरपार्टी निर्देशन १२ को विपरित रहेको बताएका छन् ।
आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन्। त्यस्तै रावलले आजको बैठक र निर्णयहरु अवैध रहेको भन्दै यो बैठक गुटबन्दीको नमूना भएको टिप्पणी गरे । त्यस्तै उनले अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? भन्दै प्रश्न गरेका छन् ।
ट्विटरमा रावलले लेखेका छन्-‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’
भीम रावलको ट्विट :

