नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।
नेपालमा आज(बुधबार) सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ७०० तोकिएकामा मंगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहेकामा मंगलबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै मंगलबारकै मूल्य अनुसार एक हजार २५० मा कारोबार भएको छ । मंगलबार पनि चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।