नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।

देशका विभिन्न स्थानमा मृत अवस्थामा ३ जना फेला परेका छन् । सप्तरी, महदेवा गाउँपालिका-२ चक्ला टोल बस्ने २२ वर्षीया सरस्वती रजक आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै सप्तरी, राजबिराज नगरपालिका-१० दिगवा बस्ने ७८ वर्षीय बच्चा सुतिहार सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक ६ गते हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खेतमा शव फेला परेको हो ।
यस्तै उदयपुर, त्रियुगा नगरपालिका-१२ सोनापुर बस्ने चौदण्डिगढी नगरपालिका-९ हडिया घर भएका ३० वर्षीय दिनेश सदा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
