मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानमा मृत अवस्थामा ५ जना फेला परेका छन् ।मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित मनढोका खोलामा सोही ठाउँ बस्ने ६५ वर्षीय उत्तर बहादुर रुम्बा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै अछाम, रामारोशन गाउँपालिका-६ बस्ने ३० वर्षीय गगने साउद सोही ठाउँस्थित सालघारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २१ गतेदेखि हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।



यसैगरी बाजुरा, बुढिगंगा नगरपालिका-४ कोल्डाडा बस्ने ६२ वर्षीय केहेरे कटुवाल सोही नगरपालिका-८ रिठाबगरस्थित बुढिगंगा नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २२ गतेदेखि हराई बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाटे बाजुराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै पाल्पा, निस्दी गाउँपालिका-४ आमडाँडा बस्ने ७१ वर्षीय बिष्णु बहादुर सुनारी घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २० गते घरबाट हिँडेको र फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । यता बाजुरा, बुढिनन्दा नगरपालिका-५ बिरसैनस्थित सडकमा जगन्नाथ गाउँपालिका-६ गोत्री बस्ने २० वर्षीय जिवन चदरा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार