मन्त्रिपरिषद् विस्तार हुँदै

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदैछ। आज (बिहीबार) मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्ने तयारी छ । जसमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा रहने छन् ।



यसअघि पाण्डे नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट कृष्ण भडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनालले पनि मन्त्री बनिसकेका छन् । जसमा मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री पाण्डेले गत सोमबार गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए ।

 

सम्बन्धित समाचार