‘म यस्तो गीत गाउँछु २’ माघ १९ देखि प्रदर्शन हुने (ट्रेलर सहित)

२०७६ फागुन ३० गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ देखि प्रदर्शन हुने भएको छ । चलचित्र कोरोनाको कारण तोकिएको समयमा रिलिज हुन सकेको थिएन ।

सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल लगायतको मूख्य अभिनय रहेको छ । जन्म जय सम्पाङ राई सह–निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको छ ।



सुदर्शन थापाकोको कथा रहेको चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको ट्रेलर र गीतले अहिले चर्चा पाइरहेको छ ।

ट्रेलर –

 

 

 

 

 

सम्बन्धित समाचार