नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नेकपा एमाले सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने खतिवडाले बताए ।
पार्टीले अन्य पार्टी परित्याग गरेर आउन चाहनेलाई व्यवस्थापन गर्न एक कमिटी नै गठन गरेको थियो ।

