बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार २ मन्त्री थपेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरुले विहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

थपिएका २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा छन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन्। जमकट्टेल बागमती प्रदेशको पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उनी सहितका मन्त्रीले राजीनामा दिएका थिए।



गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भडेल र सामाजिक विकास मन्त्रीमा नेतृ कुमारी मोक्तानलाई नियुक्त गरेका थिए।

सम्बन्धित समाचार