यस्तो छ एमाले महाधिवेशनको लोगो र नारा

नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज(शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा एकसिंगे एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । सार्वजनिक भएको लोगोमा गैंडापार्टीको झण्डा बोकेको छ ।



एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।

सम्बन्धित समाचार