नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।

नक्कली नोट सहित प्रहरीले बिहीबार साँझ कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
