आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ६६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार १३४ पीसीआर परीक्षणमा ३५५ जना र एक हजार ९३२ एन्टिजेन परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ । जसमा ६ हजार ९४५ जना होम आइसोलेसनमा छन् भने ५९० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९० संक्रमित आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट ९५ हजार ३७ जना पुगेको छ ।

सम्बन्धित समाचार